पोखरा कप पुरुष भलिबलको उपाधि पर्वत भलिबल क्लबलाई

पाेखरा | पुस १७, २०८०

पोखरा कप पुरुष भलिबलको उपाधि पर्वत भलिबल क्लबलाई

पोखरा:   २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ ।


पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो ।


विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने दोस्रो भएको टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमलाई ७७ हजार सात सय ७७ रुपैया नगद सहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो ।


सो अवसरमा बेस्ट प्लेयर लाई १० हजार, बेस्ट सेटर ३ हजार, बेस्ट डिफेन्डरलाई ३ हजार, बेस्ट सर्भर ३ हजार र बेस्ट ब्लकरलाइ ३ हजार नगद, कप र प्रमाणपत्र प्रदान गरिएको संघका कोषाध्यक्ष तथा सहप्रायोजक सुविन गुरुङले बताए ।


प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल माबी, सिद्धार्थ लभडेल माबी, टफ गोर्खा सहभागी भएका थिए ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्